'ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा नगरे राप्रपाले आन्दोलन गर्ने'

'ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा नगरे राप्रपाले आन्दोलन गर्ने'
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सहमहामन्त्री रवीन्द्रप्रताप शाहले ठाकुर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक अन्दोलन गर्ने चेतावनी दिएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शाहले डाँगीलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए ।

गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा गरेको दमन नेपालकै इतिहासमा अक्ष्मय रहेको बताउँदै शाहले अन्दोलनमा गरिएको दमन निन्दनीय रहेको धारणा राखे।उनले राप्रपाको बैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने जानकारी समेत दिए।

राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको आन्दोलनमा सहभागी भएका डाँगी प्रहरीले प्रहार गरेको अश्रुग्याँस लागेर गम्भीर बनेका थिए। डाँगीको उपचारका क्रममा सोमबार निधन भएको हो। 

गणतन्त्र असफल भइसकेको जिकिर गर्दै शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.