मधेस प्रदेशसभामा जनमत-एमालेबीच चर्काचर्की, सप्तरी घटनाको छानबिन माग गर्दै अवरोध गरेपछि बैठक स्थगित


जनकपुरधाम : मधेस प्रदेशसभाका सांसदहरूबीच प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेका बेलामा जनमतले सप्तरी घटनाको छानबिनको माग राखेर संसद चल्न नदिने अडान लिएपछि चर्काचर्की भएको हो।

 
जनमत पार्टीका सांसद सतिष सिंहले सप्तरी घटनामा मुख्यमन्त्रीले सत्ताको आडमा आफ्नै मन्त्रीमाथि प्रहरी प्रशासनको आडमा कुटपिट गर्न लगाएको भन्दै छानबिन नभएसम्म सदन चल्न नदिने बताएका छन्।

नेकपा एमाले सचेतक दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनालाई लिएर सदन अवरोध गर्न नहुने भनेपछि चर्काचर्की भएको हो। जनमतमा सांसदहरू रोष्टम घेराउ गर्न पुगेपछि एमालेले प्रतिरोध गरेको थियो। 

दुई पार्टीका सांसदहरूबीच विवाद बढेपछि मर्यादापालकहरूले रोकेका थिए। विवाद बढ्दै गएपछि सभामुख रामचन्द्र मण्डलले सभा १० मिनेटका लागि स्थगित गरेका छन्। अहिले सर्वपक्षीय बैठक बसिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.