डढेलो नियन्त्रणको अभ्यास

डढेलो नियन्त्रणको अभ्यास
सुन्नुहोस्

वन ढडेलो तथा आगलागीका घटनाहरू नियन्त्रण गर्ने प्रमुख उपाय वन जंगलमा अग्निरेखा बनाउने, झरेका पात पतिंगर संकलन गर्ने र आगलागीको जोखिम कम भएको स्थानमा लैजाने वा निगरानीमा सोही स्थानमा जलाउन हो।

तानसेन : गर्मी महिना सुरु भएसँगै दिनहँु आगलागी तथा बनमा डढेलोका घटनाहरू बढ्दै गएका छन। आगलागीबाट केही दिनयता धेरैको जलेर मृत्यु भएको छ भने करोडौं रुपैयाँको धनजनको क्षति भएको छ। आगलागीबाट वन जंगल तथा मानवीय बस्ती जोगाउने अभियानमा तानसेनका उपभोक्ताहरू वन जंगलमा अग्नी रेखा बनाउँदै, झरेका पात पतिंगर संकलन गरी जलाउने अभियानमा लागेका छन्। 

तानसेनको शिरमा रहेको श्रीनगर जंगल सल्लै सल्लाले भरिएको जंगल हो। श्रीनगरको जंगलमा प्रत्येक वर्ष भइरहेको आगलागीको घटनाले सिँगो जिल्लालाई तनाव दिने गरेको छ। यस वर्ष भने सदरमुकाम तानसेनबाटै श्रीनगर जंगलका बीच भागका गोरेटो बाटाहरूमा अग्निरेखा बनाउँदै, पात पतिंगर संकलन गर्दै थुप्रो बनाउने र उपभोक्ताको निगरानीमा जलाउँदै बन जंगल सरक्षणको अभियानमा वन उपभोक्ताहरू सक्रिय भएर लागेका छन्। ‘वन जोगाउने उपभोक्ताबाटै हो।

उपभोक्ता जागरूक र सक्रिय भए वन जोगिन्छ। आगलागी भइहाले पनि निभाउन उपभोक्ता नै खटिनु पर्छ। त्यसैले आगलागी भएर खटिनुभन्दा आगलागी हुन नदिनका लागि हामी वनमा हिँड्डुल गर्ने, बाटोको तलमाथि सल्लाका पात संकलन गर्ने, बाटो सफा बनाउने अभियानमा जुटेका छौंं’, भुसालडाँडाका वन उपभोक्ता देवीदत्त शर्माले बताए। 

अहिले जिल्लामा पनि छिटपुट रूपमा आगलागीका घटनाहरू सुनिन थालेका छन्। यो वर्ष पाल्पाको ५ वटा सामुदायिक वनको ४० हेक्टर क्षेत्रफलमा आगलागी भइसकेको छ। विशेषगरी सल्लाको जंगलमा बाक्लो रूपमा पात झरिसकेको छ। आगलागी पनि छिटो हुने भएकाले सबै घरका उपभोक्ताहरू आआफ्नो कुटो कोदालो, हँसिया, फरुवालगायतका सरसामानसहित श्रीनगर जंगलमा रहेका उकाले पीपल सामुदायिक वन उपभोक्ताका सचिव विष्णु बस्यालले बताए। 

उपभोक्ताको सक्रियता र जागरुकता तथा सचेतनाको कारण वन डढेलो तथा आगलागीका घटनाहरू नियन्त्रण गर्न सजिलो भएको छ। वन उपभोक्तालाई एकीकृत गरेर श्रीनगर वनको कैलाश नगरदेखि भुसालडाडासम्मको सल्लाको वन क्षेत्रमा अग्नी रेखाहरू बनाइएको छ। परम्परागत रूपमा रहेका बाटाहरू, बीचबीचमा रहेका नयाँ बाटाहरूमा झरेका पात पतिंगर सफा गरिएको छ। वनमा डढेलो लागेर आगो निभाउन खटिनुभन्दा आगलागीका घटना हुनै नदिने गरी सचेतनाका अभियानलाई प्रभावकारी बनाउन वनका उपभोक्ताहरू जुटेको एकीकृत श्रीनगर सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष सुनिता शर्माले बताइन्। 

डिभिजन वन कार्यालय पाल्पाले गर्मी महिना सुरुवात भएसँगै पहिलो चरणमा वन उपभोक्ताहरूमा सचेतना अभियान चलाएको छ। वन ढडेलो तथा आगलागीका घटनाहरू नियन्त्रण गर्ने प्रमुख उपाय नै वन जंगलमा अग्नि रेखा बनाउने, झरेका पात पतिंगर संकलन गर्ने र आगलागीको जोखिम कम भएको स्थानमा लैजाने वा निगरानीमा सोही स्थानमा जलाउने भएकोले सोही अनुसार उपभोक्ताहरू परिचालन गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख वन अधिकृत नारायणदेव भट्टराईले बताए। वन डिभिजनको सचेतना अभियानमा उपभोक्ता सँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सहयोग गरेका छन्। तानसेनको श्रीनगरबाट सुरु भएको यो नौलो अभियानलाई जिल्लाभरीका सामुदायिक वनहरूमा लागू गरिने डिभिजन वन कार्यालय पाल्पाका प्रमुख भट्टराईले बताए। 

डिभिजन वन कार्यालय पाल्पाले डढेलो जोखिम कम गर्न जनचेतना अभियानअन्तर्गत जिल्लाका सरोकारवाला निकाय, प्रहरी प्रशासनदेखि उपभोक्ताहरू सचेत तथा जागरूक बनाएको छ। सव डिभिजन वन कार्यालयमार्फत पाल्पाका १० वटै स्थानीय तहका सामुदायिक वनका सबै उपभोक्ताहरूलाई आगलागीका घटना हुन नदिन, भइहालेमा अपनाउनुपर्ने अवस्थाका बारेमा छलफल र अन्तरक्रियामार्फत सचेतनाको अभियान सञ्चालन भइरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकृत संयोग बस्नेतले बताए। ‘हामी डिभिजन वन कार्यालयका कर्मचारी, चार वटै तहका सुरक्षाकर्मीहरू पूर्णरूपमा खटिएका छौं। 

सबै पक्षको मिलेमातोमा भएकाले यसको प्रभाव राम्रो र दीर्घकालीन हुने श्रीनगर वन क्षेत्रमा अग्निरेखा निर्माण खटिएका वन अधिकृत रामचन्द्र लामाले बताए। पाल्पामा आगलागी तथा डडेलोको अति जोखिममा तिनाउ गाउँपालिकाको कचल, दोभान, झुम्सा, कोल्डाडाँडा गरी ४ वटा वडा, रिब्दीकोटको गाउँपालिकाको देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे गरी ५ वटा वडा, रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुवनपोखरी, छहरा, जुठापौवा गरी ४ वटा वडा, माथागढी गाउँपालिकाको झडेवा, हात्तीलुङ, गोठादी र रहवास गरी ४ वटा वडा, पूर्वखोला गाउँपालिकाको जल्पा, रिङनेरह, बीरकोट गरी ३ वटा वडा पनि जोखिममा रहेका छन्। तानसेन नगरपालिकाको श्रीनगरडाँडा, बौघापोखराथोक, बोघागुम्हा, बन्दीपोखरा गरी ५ वटा वडा अति जोखिममा रहेका डिभिवन वन कार्यालय पाल्पाका सूचना अधिकारी बस्नेतले बताए। 

पाल्पाका ८१ वडाहरूमध्ये २७ वडा अति जोखिम, २९ वटा वडा मध्यम जोखिम र २५ वडा न्यून जोखिम रहेको डिभिजन वन कार्यालयले गरेको अध्ययनबाट देखिएको रेञ्जर यमलाल पोखरेलले बताए। अति जोखिम, मध्यम जोखिम र कम जोखिम क्षेत्र अनुसार वन उपभोक्ताको परिचालन सचेतना तथा आगलागी नियन्त्रणका बारेका डिभिजन वन कार्यालयले कार्ययोजना बनाएर काम गर्दै आएको रेञ्जर पोखरलले बताए। 

पाल्पामा बढी सल्ला र सालको जंगल, तरार्ईसँग सिमाना जोडिएका नवलपरासी, रूपन्देही र कपिलवस्तु क्षेत्रका जंगलहरूमा वर्षेनी आगो लाग्दै आएको छ। वन जंगलमा आगलालीका घटना ९६ प्रतिशत मानवीय कारण हुँदै आएको छ भने १ प्रतिशत प्राकृतिक कारण लाग्ने गरेको र ३ प्रतिशत विविध कारणबाट लाग्ने गरेको डिभजिन वन कार्यालय पाल्पाले जनाएको छ। पाल्पा जिल्लामा ७ सय १ वटा सामुदायिक, १ सय ४० कवुलियती वन र ४ वटा धार्मिक वन छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.