निशा कुमारीको मृत्यु  :  कुटपिट गरी हत्या गरेको माइतीपक्षको आरोप, आरोपित पक्राउ नपर्दा घटना ढाकछोप हुने डर

निशा कुमारीको मृत्यु  :  कुटपिट गरी हत्या गरेको माइतीपक्षको आरोप, आरोपित पक्राउ नपर्दा घटना ढाकछोप हुने डर
वीरगन्जमा पत्रकार सम्मेलन गर्दै मृतक निशाका बुबा,आमा,दाजु र भाइहरू। तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : ‘हमर दुलरी बेटीके दुश्मनवासन् मुआ देहलसन्,ओइसन दमाद केहुके ना मिलो’(मेरी प्यारी छोरीलाई पापीहरूले कुटीकुटी मारे,त्यस्तो पापी ज्वाँइ कसैलाई पनि नपरोस्),आमा चन्द्रवाती देवीले गहभरी आँशु झार्दै पत्रकार सम्मेलनमा भनिन्,‘हमर बेटीके हत्यारासन्के अभितक पुलिस भी नइखे पकडत्’(मेरी छोरीका हत्यारालाई प्रहरीले अझैसम्म पनि पक्राउ गरेको छैन ।)

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाकी चन्द्रावती देवीकी कान्छी छोरी नीशा कुमारी गोढको उनकै श्रीमानसहितकाले कुटपिट गरी मारेको आरोप माइती पक्षले लगाएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार जिल्ला प्रहरी कार्यालय पर्सामा माइती पक्षले जोहेरीसमेत दिइसकेको छ । तर, प्रहरीले उनीहरूलाई अहिलेसम्म पनि पक्राउ नगरे पछि माइती पक्षले मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर प्रहरीप्रति आफ्नो आक्रोश पोखेको छ ।

जमुनियाका हिरा साह गोढकी कान्छी छोरी नीशाको चार वर्ष पहिले पर्साकै बहुदरमाइ नगरपालिका वडा नम्बर ३ नगरदाहाका स्वर्गीय सिंघासन साह गोढका छोरा मुन्ना भन्ने इनरजीत साह गोढसंग हिन्दु परम्परा अनुसार मागी विवाह भएको थियो ।

विहेको चार वर्ष पनि नबित्दै निशाको उनका पति मुन्ना र उनका परिवारका सदस्यले मिलेर गत शनिबार निर्घात कुटपिट गरी हत्या गरेको पत्रकार सम्मेलनमा निशाकी आमा चन्द्रावती देवीले आरोप लगाइन् । उनले भनिन्,‘विहे भएको १ वर्ष यतादेखि नै ज्वाँई र उनका परिवारले निशालाई कुटपिट गर्दै यातना दिँदै आएका थिए । ज्वाँइ अर्कै केटीसँग सल्किएको थियो । त्यहि भएर छुटकारा पाउन शनिबार मेरी छोरीलाई उनीहरूले कुटीकुटी मारिदिए।’

आमा चन्द्रावतीका अनुसार,निशा तीन महिनाको गर्भवती थिइन् । स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन निशाले आफ्ना पति मुन्नालाई भन्दा पैसा छैन भन्ने बहाना बनाएर उल्टै यतना दिएको दुखेसो गत शनिबार बिहान ७ बजेतिर फोन गरेर आमा चन्द्रावतीलाई सुनाएकी थिइन् ।

त्यहि दिन बिहान साढे ११ बजेतिर नारायणी अस्पतालबाट एक आफन्तले निशाका भाइ राजकुमारलाई फोन गरेर निशा अस्पतालमा भर्ना रहेको खरब सुनाए । उक्त खबर पाएलगत्तै निशााका दाजु राजकपुर अस्पतालमा पुगे। ‘म अस्पतालमा पुग्दा त बहिनी मरेको अवस्थामा थिइन् । उनको अनुहार,पाखुरा र पेटतिरको भागमा कुटपिट गरिएको कालो डाम थियो ,' राजकपुरले पत्रकार सम्मेलनमा भने । 

अस्पतालमा बहिनी निशाको पोष्टमार्टमपछि शव उनका पति मुन्नासहितका परिवारले बुझेर त्यहि दिन हतार हतारमा दाहसंस्कार गरिदिएको राजकपुरले बताए । घाटमा दाहसंस्कार गर्ने क्रममा पनि निशाको शवसँग ज्वाँइ मुन्नाले अपमान गरेको निशाका बुबा हिरा साहले बताए । 

पत्रकार सम्मेलनमा निशाका दाइ राजकपुरले भने,‘ज्वाइँ मुन्नाले विहेपछि निशासँग कहिल्यै पनि खुशीसाथ राखेनन् । न मिठोमसिनो खान दिन्थे न माइतीमा कसैसँग बोल्न दिन्थे । कयौं पटक बहिनी निशाको घरायसी विवाद सुल्झाउन जाँदा हामीसँग पनि झगडा गर्थे । त्यसबेला हामीले प्रहरी चौकीमा निवेदन पनि दिएका थियौं ।’ 

निशाको हत्यामा संलग्न उनका श्रीमान मुन्ना र हजुरबुबा मान्सी साह गोढविरुद्ध गत शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बुबा हिराले बताए । उनले भने,‘तर मेरी छोरीलाई कुटीकुटी मार्नेहरूलाई पुलिसले अझै पक्राउ गरेको छैन । उनीहरु घरमै छन् । खुलेयाम घुमिरहेका छन् । यो देख्दा पीडामाथि झन् पीडा थपिएको छ ।’

चार वर्ष पहिले नगद आठ लाख र मोटरसाइकललगायतका सरसामान दाइजोमा दिएर धुमधामका साथ विहे गरेर पठाएकी छोरीको अहिले अकालमै ज्यान जाँदा मन भत्भति पोलिरहेको उनले सुनाए । 

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने पोष्टमार्टको रिपोर्ट आएपछि त्यसै अनुसार घटनाका सम्बन्धमा प्रहरी अगाडि बढ्ने बताए । उनले भने,‘शवको अवस्था हेर्दा शरीरमा चोटपटक लागेको, घाउ वा त्यस्तो केहि देखिएन । पोष्टमार्टको रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्छ । त्यहि भएर प्रहरी पोष्टमार्टमको रिपोर्ट कुरेर बसेको छ । रिपोर्ट आउन अझै हप्ता दश दिनसम्म लाग्न सक्छ । '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.