१९ जना डीएसपीको पदस्थापन, को- कहाँ ?
काठमाडौं : नेपाल प्रहरीमा बढुवा भएका १९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पदस्थापन भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएकालाई पदस्थापन गरेको हो ।
बढुवा हुँदा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु, दोस्रो नम्बरमा रहेका ऋषिराम घर्तीमगर, तेस्रोमा दिपक मल्ल र १९ औं नम्बरमा कमलकुमार खड्का थिए।
पनेरुलाई जिल्ला प्रहरी परीसर काठमाडौं अपराध नियन्त्रण शाखा, घर्तिलाई गण्डकी प्रदेश प्रहरी गण र मल्ललाई प्रहरी प्रदेश कार्यालयको मानव स्रोत व्यवस्थापन शाखा नेपालगन्जमा पदस्थापन गरिएको छ।
हेर्नुहोस् कुन डीएसपीको कहाँ पदस्थापन भयो ?