ब्रेन ट्युमरको उपचारमा सक्रिय चिनियाँँ चिकित्सक

ब्रेन ट्युमरको उपचारमा सक्रिय चिनियाँँ चिकित्सक
सुन्नुहोस्

चितवन : चिनियाँ चिकित्सक डा.याङ जियान विगत ९ महिनादेखि नेपालका क्यान्सरका बिरामीको उपचारमा सक्रिय छन्। उनी चीनमा एक कुशल न्युरोसर्जनका रूपमा चर्चित छन्। 

न्युरोसर्जन डा. याङ आफ्नो अनुभव नेपाली बिरामीका लागि उपयोग गर्दैछन्। ब्रेन ट्युमरको निदान र उपचारमा भएको पछिल्लो प्रगतिबारे चीन र नेपाल दुवैका न्युरोसर्जनहरूलाई नियमित शैक्षिक सेमिनार गर्छन्। नेपाली डाक्टरहरूको दृष्टिकोण र सुझावहरू लिएर डा. याङलेशल्यक्रियामा भाग लिएर आफ्नो क्षमता प्रदर्शन गरेका छन्। 

नेपाली डाक्टरहरूलाई चीनको परिष्कृत न्युरोसर्जिकल प्रविधिबारे अनुभव साट्छन्। जटिल खालको रोगको उपचारमा नेपाली चिकित्सकसँग अनुभव साट्दै उपचार गर्छन्। उनी क्यान्सर अस्पतालकी न्यूरोसर्जन डा बेन्जु रश्मी प्रधानसँग मिलेर नेपालमा ब्रेन ट्युमरका बिरामीहरूको निदान र उपचारमा सक्रिय छन्। ब्रेन ट्युमरको उपचारमा नेपालका चिकित्सकसँगको सहकार्य उपलब्धिमूलक रहेको उनी बताउँछन्।

उन्नत चिकित्सा प्रविधि र नयाँ अवधारणाहरू नेपालमा परिचय गराएको बताए। ‘ब्रेन ट्युमरका बिरामीहरूको उपचारमा प्रविधि र अनुभव प्रयोग गरेका छौं। त्यसका लागि प्रविधिको रणनीति ब्यापक बनाएका छौ,’ उनले भने, ‘उपचार मात्रै होइन, गहिरो संस्कृतिक र वैचारिक एकीकरण आवश्यक हुन्छ। यसमा हामी सचेत छौं।’ 

भरतपूरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहायताका लागि आएका चीन सरकारले हरेक वर्ष उच्चस्तरको विशेषज्ञ टोली पठाउने गरेको छ। यो १५औं चिनियाँँ विशेषज्ञ टोली हो। टोलीमा टाउको, छाती, फोक्सो, कलेजोजस्ता महत्वपूर्ण अंगका क्यान्सर रोगसम्बन्धी विशेषज्ञ छन्। 

चिनियाँँ अस्पतालहरूमा नेपाली डाक्टरहरूको भ्रमण र सिकाइ अनुभवलाई सहज बनाउन दुवै देशका चिकित्सकबीच बलियो मित्रता र सहकार्य बढाउने व्यवस्था मिलाइएको छ। डा. बेन्जुले सेप्टेम्बरमा चीनको शानदोङमा प्रख्यात चिनियाँँ अस्पतालहरूमा न्यूरोसर्जिकल प्रक्रियाहरू अवलोकन गरेकी थिइन्। ‘चिनियाँँ चिकित्सा प्रविधिको बुझाइलाई अझ गहिरो बनाउन अवसर भयो,’ भ्रमण पछि, डा. बेन्जुले भनिन्, ‘मैले न्यूरोसर्जरीमा चीनले गरेको द्रुत प्रगतिको अनुमान गरेको थिइन। यहाँ धेरै न्यूरोसर्जिकल प्रक्रियाहरू मेरो लागि उपयोगी रह्यो।’ 

डा. याङले नेपाली समकक्षीहरूसँग संयुक्त रूपमा अनुसन्धान परियोजना कार्यान्वयनका लागि चिनियाँँ टोलीको नेतृत्व गरेका हुन्। ‘दुई राष्ट्रहरूबीच न्यरोसर्जरीमा पारस्परिक प्रगतिलाई बढावा दिन सहयोग मिलेको छ,’ क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले भने ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.