पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने

पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन्।

मंगलबार हुने उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने छ। टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देवु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुने  छन्। परिक्रमापछि पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने छिन्। दीप प्रज्ज्वलन कार्यक्रमको संयोजन नेपाल ओलम्पियन्स संघले गरिरहेको अध्यक्ष दीपक विष्टले जानकारी दिए।

चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छन्। पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्।

मंगलबारदेखि सुरु हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ। उद्घाटन कार्यक्रममा मार्च पास्ट, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुित रहने छ। 

प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीको सहभागिता रहने छ। एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ। ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ। प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ। यस्तै शीर्ष तीन स्थान हात पार्ने टिमले पनि नगद पुरस्कार पाउने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.