काठमाडौं : एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालका लागि गुलशन झाले हङकङका अंशुमान रथलाई रन आउट गराएका हुन्।
८.२ ओभरमा अविनाश बोहोराको बलमा हङकङका रथ रन आउट भएका हुन्। उनले २६ बलमा १ छक्का र ४ चौकासहित ३४ रन बनाए।
यस अगाडि ५.४ ओभरमा गुलशन झाको बलमा हङकङका कप्तान निजाकत खानलाई दिपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए। उनले ११ बलमा १२ रन बनाए।
त्यस्तै हङकङका मार्टिन कोएत्जी करण केसीको बलमा आसिफ शेखबाट क्याच आउट भएका थिए। उनले ७ बलमा ८ रन मात्र बनाए।
हङकङले अहिले ८.२ ओभरमा ३ विकेटको क्षतिमा ६२ रन बनाएर खेलिरहेको छ।
वर्षाका कारण आजको खेल १८ ओभरमा झारिएको छ। हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्।
नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्।
समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।