एसीसी प्रिमियर कप टी–२०

हङकङको दोस्रो विकेट पतन

हङकङको दोस्रो विकेट पतन
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले हङकङका कप्तान निजाकत खानलाई रन आउट गरेका हुन्।

५.४ ओभरमा गुलशन झाको बलमा हङकङका कप्तान खान रन आउट भएका हुन्। उनले ११ बलमा १२ रन बनाए।

त्यसअगाडि हङकङका मार्टिन कोएत्जी करण केसीको बलमा आसिफ शेखबाट क्याच आउट भएका थिए। उनले ७ बलमा ८ रन मात्र बनाए।

हङकङ ६ ओभरमा २ विकेटको क्षतिमा ३८ रन बनाएर खेलिरहेको छ।

वर्षाका कारण खेल १८ ओभरमा घटाइएको छ। हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्।  

नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्। समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।

 null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.