रञ्जिता पक्षका कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी पेस

रञ्जिता पक्षका कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी पेस
सुन्नुहोस्

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्। एकजना स्वतन्त्र सांसदले पनि उनलाई समर्थन गरेका छन्।

यसअघि नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका छन्। कैलाश नागरिक उन्मक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् भने लक्ष्मण रेशम चौधरी पक्षका हुन्। 

केही दिनअघि मात्रै रेशम चौधरीले प्रदेशसभा सदस्यहरूलाई डाकेर लक्ष्मणलाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सारेका थिए। यता रञ्जिताले केन्द्रको गठबन्धनअनुसार कैलाशलाई मुख्यमन्त्रीमा अघि सारेकी हुन्। मुख्यमन्त्रीकै विषयमा नागरिक उन्मुक्तिभित्र तीव्र विवाद रहेको छ। 

रञ्जिताले यसअघि नै प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरिसकेकी छन्। उनले संसदीय दलका नेतासमेत रहेका घनश्याम चौधरीलाई पनि तीन महिनाका लागि निलम्बन गर्ने निर्णयसहितको पत्र प्रदेशसभामा पठाएकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.