अत्यावश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्कन आग्रह

इजरायलमा रहेका नेपाली भन्छन्- जुनसुकै बेला युद्ध भड्किन सक्छ, उद्धारका लागि सरकार तयारी अवस्थामा रहोस्

इजरायलमा रहेका नेपाली भन्छन्- जुनसुकै बेला युद्ध भड्किन सक्छ, उद्धारका लागि सरकार तयारी अवस्थामा रहोस्

काठमाडौं : इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न अनुरोध गरेको छ। आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले  सार्वजनिक सूचना जारी गर्दै स्थानीय सुरक्षा प्रोटोकलहरू पालना गर्न,आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकारी रहन र आफ्नो सुरक्षामा ध्यान दिन अनुरोध गरेको हो।

दूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन र सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत आग्रह गरेको छ।

इरानले आक्रमण गरेपछि त्यहाँ कार्यरत नेपालीहरू चिन्तित बनेका छन्।  इजरायलका अधिकांश स्कुल,विश्वविद्यालय,ठूला मार्टलगायत व्यापारी केन्द्र बन्द छन्। इजरायलको तेल अविवमा कार्यरत खेम कट्टेलले अवस्था सामान्य नरहेको र आवश्यक परे नेपाल सरकार नेपालीहरूको उद्दारका लागि तयारी अवस्थामा रहनुपर्ने बताए।

उनका अनुसार त्यहाँ रहेका भारतलगायतका विभिन्न विदेशी राजदूतावासहरूले आफ्ना नागरिकहरूले इजरायल छोड्न चाहे तत्काल सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेका छन्।

आइतबार बिहान झन्डै साढे १ बजेतिर इरानले हानेको ड्रोन र मिसाइल इजरायली क्षेत्रमा प्रवेश गरेको थियो। इरानले पठाएको ड्रोन र मिसाइल अन्तै खसालेको इजरायलले दावी गरेको छ।

इजरायलमा झन्डै ८/९ हजार नेपाली कार्यरत छन्। त्यहाँ रहेका नेपालीहरू कति बेला के हुन्छ भन्नेमा आतंकित रहेको कट्टेलले बताए। हमासको आक्रणभन्दा पनि इरानले गरेको आक्रमण खतरानाक रहेको भन्दै उनले जतिबेला पनि जस्तोसुकै अवस्था आउन सक्ने बताए।

कट्टेलले जुनसुकै बेला अवस्था भड्किन सक्नेतर्फ इंकित गर्दै नेपाल सरकार यहाँका नेपालीहरूको उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.