सुनसरीका पाँच पालिकामा लगाइएको कर्फ्यु हट्यो

सुनसरीका पाँच पालिकामा लगाइएको कर्फ्यु हट्यो
सुन्नुहोस्

धरान : सुनसरीको पाँच पालिकामा लगाइएको कर्फ्यु हटेको छ। हरिनगरा, कोशी, देवानगन्ज र भोक्राहा नर्सिङ गाउँपालिका र इनरुवा नगरपालिकामा लागाइएको कर्फ्यु हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकार जयनारायण आचार्यले बताए। 

हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि सो क्षेत्र अशान्त बनेको थियो। कुटपिटमा संल्गनविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरिले एक जनालाई पक्राउ र अन्यलाई पक्राउ पुर्जीको अनुमति लिएको  सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए।

दुई समूहआबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन प्रशासनले कर्फ्यु लगाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.