आठ वर्षपछि पासाङल्हामु मार्ग पुनर्निर्माण

आठ वर्षपछि पासाङल्हामु मार्ग पुनर्निर्माण

नुवाकोट : पासाङल्हामु सडकमार्ग ८ वर्षपछि पुनर्निर्माण सुरु भएको छ। पहिलो चरणमा सो सडकमार्गको तीनपिपले-रानीपौवा सडकखण्डको पुनर्निर्माण कार्य सुरु भएको हो। पासाङल्हामु सडकको तीनपीपले–रानीपौवा खण्डको पुनर्निर्माण सुरु भएको हो। 

आठ वर्षअघिदेखि पुनर्निर्माण थालिएको सो सडक निर्माण व्यवसायीले काम नगरी अलपत्र पारेपछि पहिलेको ठेक्का तोडेर सरकारले नयाँ ठेक्का लगाएको हो। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सडक पुनर्निर्माणको शुभारम्भ गरेका छन्। 

यससँगै लामो समय अलपत्र परेको बालाजु–रानीपौवा–पीपलटार सडकको तीनपीपले–रानीपौवा सडक खण्डमा अब भने पुनर्निर्माण कार्य थालनी भएपछि तोकिएकै समयमा निर्माण सम्पन्न हुने स्थानीयवासीले विश्वास लिएका छन्। सो सडकमार्गमा रहेको तिनपीपले–पीपलटार सडकमध्ये पहिलो चरणमा तिनपिपलेदेखि रानीपौवासम्मका लागि कुल ८३ करोड ३१ लाख रुपैयाँमा काम सुरु भएको हो।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नु पर्ने अवधि रहेको ठेक्काको गत फागुन ३० गते निर्माणको जिम्मा पाएको मोतीदान कन्स्ट्रक्सन सेवासँग  सम्झौता भएको हो। यो योजना आगामी २०८२ साल  फागुन २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ। पहिलो चरणमा १४ दशमलव ५ किलोमिटर सडक कालोपत्रेसहित निर्माण हुने भएको छ। पर्यटकीय रानीपौवा बजारबाट २ किलोमिटर तलसम्म सडक कालोपत्रे गर्न सकिने निर्माण कम्पनीले जनाएको छ।

बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी भने ५५ दशमलव ५ किलोमिटर रहेको छ।  पहिलेको ठेक्काको काम अलपत्र बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग गत २०७९ असार ५ मा सम्झौता तोडिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.