सुनसरीको पाँच पालिकामा कर्फ्यू जारी, अवस्था सामान्य बन्दै

सुनसरीको पाँच पालिकामा कर्फ्यू जारी, अवस्था सामान्य बन्दै

धरान : सुनसरीको हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अशान्ति बनेको सुनसरीको हरिनगरा गाउँपालिका र आसपासको अवस्था सामान्य बन्दै गएको छ। जीवनका समर्थकहरुले उनलाई कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएपछि शुक्रबार यस क्षेत्रको अवस्था तानाव बनेको थियो। 

हजारौं सर्वसाधारण बासको भाटा लिएर प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार हरिनगरा, देवानगन्ज, कोशी, भोक्राहा नर्सिङ गाउँपालिका र सदरमुकाम  इनरुवा नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू लगाएको थियो।

कर्फ्यूपश्चात् पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ८२ राउन्ड गोली चलाएको  थियो। प्रहरीको गोली र लाठी लागेर १० प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट १५ जना प्रहरी घाइते भएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। 

कर्फ्यू  उलंघन गरेपछि नेपाल प्रहरीले ३१ राउण्ड र सशस्त्र प्रहरीले ५१ राउण्ड गोली (हवाइ फायर) र अश्रुग्यास  चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका पाँच जना डिस्चार्ज भएको र अन्य पाँच जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको क्षेत्रमा व्यापक रुपमा जनपद र सशस्त्र प्रहरी परिचालन गरेर शान्ति सुरक्षा प्रदान गरेको छ। बाक्लो संख्यामा प्रहरी परिचालन गरी  प्रहरीले संयमता अपनाउँदा  कुनै मानवीय क्षती नभएको सुनसरीका प्रहरी प्रमुख एसपी  रेग्मीले बताए। उनले  प्रदर्शनकारीलाई सम्झाइ बुझाइ गरेका कारण शनिबारदेखि यस क्षेत्रको अवस्था  सामान्य बन्दै गएको बताए।  सुनसरीमा कुनै अप्रिय घटना हुन नदिन प्रदेशभरीबाट थप प्रहरी झिकाएर शान्ति सुरक्षा मजबुत पारिएको एसपी रेग्मीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.