शैक्षिक सत्र सुरू हुनुअघि नै सुदूरपश्चिमका पहाडी जिल्लामा पुगे पाठ्यपुस्तक

शैक्षिक सत्र सुरू हुनुअघि नै सुदूरपश्चिमका पहाडी जिल्लामा पुगे पाठ्यपुस्तक
तस्बिर : अन्नपूर्ण

धनगढी : सधैं पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरू हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन् । ७ वटा पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी, डोटी, अछाम र डडेल्धुरामा बुधबार बेलुकीसम्म ६ लाख ८० हजार ३७८ पाठ्यपुस्तक पुगेका हुन् । 

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले चैतको १४ गते देखि बाजुराबाट पाठ्यपुस्तक वितरण सुरु गरेको थियो । ‘बाजुरामा आवश्यक १ लाख २७ हजार पुस्तकमध्ये १ लाख १० हजार पुस्तक पुगिसकेका छन्,'जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख राम बहादुर कुवरले भने, ‘बाजुरामा लगभग ९० प्रतिशतभन्दा बढी पुस्तक पुगिसकेका छन् ।’

यस्तै दार्चुलामा साढे ९१ हजार,बझाङमा एक लाख ८७०, बैतडीमा एक लाख ५१ हजार २०, अछाममा ८० हजार ९६२, डोटीमा ११ हजार १८८ र डडेल्धुराका लागि ३५ हजार २११ पुस्तक पुगिसकेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुवरले जानकारी दिए ।

कैलाली र कञ्चनपुर सुगमका जिल्ला भएकाले यी दुई जिल्लामा भने अझै पाठ्यपुस्तक वितरण सुरु भएको छैन । ‘हामीले पहाडी जिल्लालाई पहिलो प्रार्थमिकता दिएका छौं । हामीसँग आवश्यक पाठ्यपुस्तक छ, यसपाली अभाव हुँदैन,' जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुवरले भने । 

पहाडी जिल्लामा अझै पनि अधिकांश स्थानीय तहले विद्यालयलाई रकम निकासा नगरेका कारण पनि पुस्तक लैजानमा ढिलाइ भइरहेको बताए ।  उनले यसवर्ष कक्षा ५ को पुस्तक नीजि क्षेत्रलाई छाप्न नदिने भनिएकोमा केहीले गतवर्षकै पाठ्यक्रमका आधारमा पुस्तक प्रकाशन गरिरहेको बताए । 
‘त्यसरी कक्षा ५ को पुस्तक यसवर्षबाट नीजि क्षेत्रले छाप्न पाउँदैन,तर, पुरानो मौज्दात रहेको भन्दै अहिले छापाखानाहरूले कक्षा ५ को पुस्तक छापेको पनि खबर आएको छ । यसमा सरकारको अनुगमन हुन सकेको छैन,' कुवरले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.