कञ्चनपुरमा ३४ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ

कञ्चनपुरमा ३४ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ
तस्बिर : अन्नपूर्ण

धनगढी : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन साहुलाई पक्राउ गरेको छ ।

उनलाई ३४ ग्राम ब्रोउन सुगरसहित महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । साहु लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेको प्रहरीलाई सूचना थियो । उनी यसअघि पनि लागुपदार्थ ओसारपसारमा कञ्चनपुर कारागार बसिसहेका व्यक्ति हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनी बढीजसो काठमाडौंमा बस्ने गर्छन । एक/दुई महिनामा उनी महेन्द्रनगर आउँछन । महेन्द्रनगर आएका बेला उनले भारतबाट ब्राउन सुगर ल्याएर महेन्द्रनगरदेखि काठमाडौं सम्मका युवाहरूलाई बिक्री गर्छन् । 

उनको भारतको उधमसिह नगर जिल्लाको नानकमत्ताका ब्राउन सुगर कारोबारीसँग ‘कनेक्सन’ छ । सञ्जुबाबा नाम गरेका नानकमत्ताका कारोबारीबाट उनले बुधबार ३४ ग्राम खैरो हिरोइन किनेर ल्याएका हुन् । 

‘हामीलाई उनी महेन्द्रनगर आएको खबर आएको थियो । हाम्रो टीम उसको खोजीमा हिँड्यो । बुधबार उनी बनबासातिर गएका थिए । उसले बुधबार नै नानकमत्ता गएर ब्राउन सुगर ल्याएको रहेछ । हामीले महाकाली नदी किनारको भाइरल रोड क्षेत्रमा उसलाई ढुकिरहेका थियौं । ऊ आयो, हामीले उसको पिछा गर्‍यौं,बसपार्क आसपासमा एकपटक  त उ गायव भयो तर हामीले उसलाई पक्राउ गर्न सफल भयौं,'अप्रेशन कमाण्डर प्रहरी बरिष्ठ नायव निरीक्षक केशव जोशीले भने ।

उनका अनुसार  पछिल्लो समय भारतका सीमा सहरहरूमा ब्राउन सुगरका कारोबारी बढिरहेका छन् । बनबसा, खटिमा, नाकमत्ता, गौरीफन्टा, पलियाकला, बेलौरी पारीको सीमा क्षेत्रमा कारोबारीहरु बढिरहेका हुन् । 

भारतमा १५/१६ सय भारुको एक ग्राममा पाउने ब्राउन सुगर नेपालमा १० हजार ग्रामसम्म बिक्री हुने गरेको छ । १० मिलिग्रामको एक ‘डोज’ बनाउने र नेपाली युवाहरुबीच त्यो ‘डोज’ एक हजार नेपाली रुपैयाँमा विक्री हुने गरेको छ । 

पक्राउ परेका साहुको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । साहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.