रेशम र रञ्जिताबीच 'लडाइँ' को मारमा प्रदेशसभा सदस्य, राज्यमन्त्री इन्दिरा गिरि कारवाहीमा

रेशम र रञ्जिताबीच 'लडाइँ' को मारमा प्रदेशसभा सदस्य, राज्यमन्त्री इन्दिरा गिरि कारवाहीमा
तस्बिर : अन्नपूर्ण

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारवाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् ।

पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टिकरण सोध्दा पनि जवाफ नदिएपछि हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । 

लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर, कसैले पनि अध्यक्ष रञ्जीताले दिएको निर्देशन मानेका थिएनन । नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । 

रञ्जिता पक्षका मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए ।  श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरूलाई भने कारवाही गरेकी छैनन् । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन् ।

बिहीबारका लागि मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन संसद बोलाइ दिन माग गरेका छन् । बिहीबार उनका लागि विश्वासको मत दिने अन्तिम दिन हो ।  फागुनको २३ गते नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फितार्ए लिएपछि उनी अल्पमतमा परेका थिए । 

गिरिको कारवाहीसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना सकिएको छ । उनले भोलि आफ्ना (कांग्रेस) १८, उन्मुक्तिका पुरै पाएमा ६, राप्रपा र स्वतन्त्रले दिए पनि २६ जनाको समर्थन पाउनेछन् । बहुमतका लागि भने २७ जना आवश्वयक छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.