सिन्धुलीमा आगलागी हुँदा तीन घरगोठ जलेर नष्ट

सिन्धुलीमा आगलागी हुँदा तीन घरगोठ जलेर नष्ट
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा आगलागी हुँदा तीन घर गोठ जलेर नष्ट भएका छन्। जिल्लाको कमलामाई नगरपालिका-१२ माथिल्लो टङ्सारमा आगलागी हुँदा तीन घरगोठका साथै नगर र चौपाया जलेर नष्ट भएको हो।

कमलामाई नगरपालिका-१२ का वडाध्यक्ष भीमबहादुर गुर्माछानको अनुसार सोमबार आगलागी हुँदा स्थानीय देवबहादुर कार्कीको दुई घर र एक गोठ  जलेर नष्ट भएको हो।

आगलागीबाट कार्कीको दुई लाख रुपैयाँ नगद सहित घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा जलेर पूर्ण रुपमा क्षति भएको छ। आगलागीबाट गोठ समेत जलेर नष्ट हुँदा १३ वटा खसी बाख्रा  समेत जलेर मरेका छन्। 

सोमबार मध्यान्हमा भएको आगलागी के कति कारणले भयो भन्ने एकिन छैन। स्थानीयको पहलमा आगलागी नियन्त्रणमा लिइएको छ। घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान थालेको छ। आगलागीको एकिन क्षति भने आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.