व्यापारीको मोबाइल र रकम लुट्ने ‘घुमुवा’ प्रहरी पुर्पक्षका लागि जेल चलान

व्यापारीको मोबाइल र रकम लुट्ने ‘घुमुवा’ प्रहरी पुर्पक्षका लागि जेल चलान
तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : धनुषामा एक व्यापारीको मोबाइल र दुई लाख रुपैयाँ लुटने दुई ‘घुमुवा’प्रहरी पूर्वपक्षका लागि कारागार चलान भएका छन् । जनकपुरधामका एक व्यापारीको ३१ थान मोबाइल र दुई लाख रुपैयाँ लुटेको आरोपमा जिल्ला अदालत धनुषाले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई ‘घुमुवा’ प्रहरीलाई पूर्पक्षका लागि सिन्धुली कारागार चलान गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय धनुषा मातहत सादा पोशाक ‘घुमुवा’मा खटिएका प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले व्यापारीसँग मोबाइल खोसेर अपराधिक लाभ लिन खोजेको तथा व्यापारीलाई पक्राउ गरी शरीर बन्धक बनाएर राखेको आरोपमा जिल्ला अदालत धनुषाले कारागार चलान गरेको हो । 

जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको एक इजलाशले दुवैजनालाई पूर्पक्षका लागि कारगार चलान गरेको हो । धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिका- २ जटही भन्सार कार्यालय नजिकबाट गत फागुन ८ गते अपरान्ह ४ बजेतिर सन्तोष कुमार महतोलाई विभिन्न कम्पनीको मोबाइलसहित नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएर मोबाइल र मानिस दुवै छाडिदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरी,रुपैयाँ समेत लिएर मोबाइल फिर्ता नदिइ झोलासहित मोबाइल र नगद लिएको गएको दायर आरोपपत्रमा उल्लेख छ । 
झोलासहित मोबाइल र बार्गेनिङ्गको रकम लिएर जनकपुरधाम उप–महानगरपालिका ७ वडा कार्यालयस्थित अञ्जनी माई कुटीको उत्तरतर्फबाट पानी पोखरीको डिलमा घाँस झारीभित्र लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको थियो । 

अनुसन्धानको क्रममा लुकाएर राखिएको मोटु पत्लु लेखिएको व्यागमा उजूरीमा उल्लेख गरिएको ३१ थान मोबाइल र २ लाख रकम मध्ये ९५ हजार रुपैयाँ समेत बरामद भएको आरोप पत्रमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.