गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर

गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा प्रहरीले हवाई फायर गरेर गाँजा तस्करी नियन्त्रणमा लिएको छ। हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर चार बोरा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी निरीक्षक केशव कटवालका अनुसार  हरिहरपुरगढी गाउँपालिका-७ का २४ वर्षीय बिच बहादुर वाइबालाई गाँजासहित पक्राउ गरिएको हो। 

उक्त कार्यमा संलग्न अन्य चार जना भने फरार भएका छन्। अन्यको खोजी कार्य भइरहेको छ। ‘गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजा सहित नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्नु परेको थियो,’ कटवालले भने।

५ जना व्यक्तिहरूले नाम्लोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४ बोरा ७७ केजी ८० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएका छ। समूहमा रहेका गाँजा कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा ३०३ राइफलबाट ५ राउन्ड हवाई फायर गर्नु परेको कटवालको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.