कोरोना भाइरसको निगरानी गर्न विश्व स्वास्थ्य संगठनको विश्वव्यापी सञ्जाल सुरु

कोरोना भाइरसको निगरानी गर्न विश्व स्वास्थ्य संगठनको विश्वव्यापी सञ्जाल सुरु
सुन्नुहोस्

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्स-कोभ-२, मर्स-कोभ र नोवेल कोरोना भाइरस-१९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ।

विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड-१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो। सुरुवाती चरणमा, कोभिड-१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स-कोभ-२ मा केन्द्रित यस नेटवर्कले अब मर्स-कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोनाभाइरस समेतका भाइरसहरुमा ध्यान केन्द्रित गर्नेछ। 

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोनाभाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रूपमा कार्य गर्नेछ। हालः डब्लुएचओका सबै छ क्षेत्रहरू अन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालाहरूलाई नेटवर्कमा समावेश गरिएको छ। 

कोरोनाभाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४-२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मंगलबार र बुधबार जेनेभामा भेला भएका थिए।

कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्यांकन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.