समर्थन फिर्ता लिएकै भोलिपल्ट मुख्यमन्त्री शाहले दिए उन्मुक्तिका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी

समर्थन फिर्ता लिएकै भोलिपल्ट मुख्यमन्त्री शाहले दिए उन्मुक्तिका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी
तस्बिर : अन्नपूर्ण

धनगढी : सरकारको समर्थन फिर्ता लिने निर्णय गरेकै भोलिपल्ट मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट बिना विभागीय बनाइएका दुईजना मन्त्रीलाई मन्त्रालय तोकेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी लक्ष्मणकिशोर चौधरी र  उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी खुसीराम चौधरीलाई तोकिएको छ । 

विना विभागीय दुवै मन्त्रीले केही बेरअघि पदभार ग्रहण गरिसकेका छन् । बुधबार मात्रै पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा टीकापुरमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले संघको गठबन्धन अनुसार जाने र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपी केही मन्त्रीहरूका भने त्यसमा फरक विचार सार्वजनिक भएका छन् ।

योसँगै सुदूरपश्चिमको मन्त्रिमण्डलमा नागरिक उन्मुक्तिका ४ जना मन्त्री र एकजना राज्यमन्त्री छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,भौतिक पूर्वाधार विकास कार्यालय र आन्तरिक मामिला मन्त्रालय नेपाली कांग्रेससँगै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.