२५ प्रतिशत मतदान

‘मन बुझ्नेलाई मत हाल्दै’ इलाम-२ का मतदाता

‘मन बुझ्नेलाई मत हाल्दै’ इलाम-२ का मतदाता
तस्बिर : तोयानाथ भट्टराई
सुन्नुहोस्

इलाम : सूर्योदय नगरपालिका-११ मा सुतिखेती गर्दै आएका भोज बहादुर घिमिरे शुक्रबार नै आफ्नो मतदान केन्द्र इलाम नगरपालिका वडा नम्बर ५ मा आइपुगे। बिहानै मतदानस्थल पुगेका उनले ‘मन बुझ्नेलाई मतदान गरेको’ बताए। 

इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न बिहानैदेखि मतदान स्थलमा उपस्थित भएका छन्। मध्यान्ह सम्ममा २५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

बिहान ७ बजेबाट सुरु भएको मतदान साझ पाँच बजेसम्म जारी रहने छ। इलाम नगरपालिका-४ का मतदाता विष्णु दुलालले उत्साहका साथ मतदाताहरु आएको बताए। उनले भने ‘आशै त गर्ने रहेछ हामी आशाको मत जायर गरिरहेका छौं।’

इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदै छ। त्यहाँ ७४५ जना कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन्। यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.