७१ रनले विजयी

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालको शानदार जित

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालको शानदार जित

काठमाडौं : आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ७१ रनले विजयी भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन मात्र बनाएर अलआउट भएको हो। 

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट, करण केसी, कुशल भुर्तेल र विवेक यादवले १/१ विकेट लिएका हुन्।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाएका थिए। अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन, कुशल मल्लले ३४ रन, कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २५ रन, अनिल शाहले १२ रन, आशिफ शेखले ११ रन, सन्दीप जोराले २१ र विवेक यादव ७ रनको योगदान गरे। जोरा अन्तिम बलमा क्याच आउट भएका थिए।

आयरल्यान्ड ‘ए’का लागि म्याथ्यु फोस्टरले ३ विकेट, बेन व्हाइटले २ विकेट, ग्याभिन होए र फिओन ह्यान्डले १/१ विकेट लिए।

सोमबार भएको खेलमा ६ विकेटले नेपाल विजयी भएको थियो। आयरल्यान्डसँगको शृंखलापछि नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग मार्च ३१ देखि अप्रिल ७ सम्म एसएमएस फ्रेन्डसिप कपमा प्रतिस्पर्धा गर्नेछ। आज विवेक यादव र शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा बसेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.