२०८१ मा पाँच दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारको निर्णय

२०८१ मा पाँच दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारको निर्णय
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकारले २०८१ सालमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताए ।

प्रदेश सरकारले २०८१ सालमा पाँच दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको भनाइ छ । यसैगरी,आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको हो । 

यस्तै,बैठकबाट रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की र सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिएका छन् ।

बैठकले प्रदेशसभाका दुईजना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने,संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने,बेरुजु न्यूनीकरण तथा फर्छयौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.