कांग्रेसको बटमलाइन : गृहमन्त्री रवि लामिछानेको राजीनामा

कांग्रेसको बटमलाइन : गृहमन्त्री रवि लामिछानेको राजीनामा

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरूले आ-आफ्नो सिटबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद दिपक गिरीलाई बोल्न समय दिएका थिए।

सांसद दिपक गिरीले सहकारी ठगीमा मुछिएका उपप्रधान एवं गृहमन्त्री लामिछानेको राजीनामा माग गरे। उनले सहकारी पीडितहरूले लामिछानेमाथि सप्रमाणसहित लिखित उजुरी दिएकोमा अनुसन्धान नगरी उल्टै उनलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीमाथि खनिए। गिरीले अहिलेको अवस्थामा एउटै विकल्प लामिछानेको राजीनामा भएको जिकिर गरे।

उनले भने,'पीडितहरूले सप्रमाणसहित  लिखित उजुरी दिएपछि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सीआईबीले पनि प्राविधिक सहयोग गरेको थियो। बीचमा सत्ता समीकरण बनेपछि सहकारी ठगी प्रकरणम मुछिएका  रविछानेछाने गृहमन्त्री बने। उनीमाथि छानविन आवश्यक छ। त्यसैले लामिछानेले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छ।'

उनले स्वार्थ बाझिने गरि लामिछानेलाई किन गृहमन्त्री बनाउनुपर्यो भनेर प्रश्न  समेत गरे।

नेता गिरीले संसदमा आफूले उठाएका विषयमा सरकार गम्भीर नबनेको आरोप लगाए। पोखराको सूर्यदशन सहकारी ठगी प्रकरणमा बचत कर्ताले रवि लामिछाने र माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित १८ जनाविरुद्ध उजुरी दिएको बताए।

उनले प्रतिपक्षका मागहरूलाई वेवास्ता गर्दै मुलुकलाई अराजकतातिर लैजान खोजिएको भान भइरहेको उल्लेख छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.