वाफ च्याम्पियनसिप उपविजेतालाई १० लाख रुपैयाँ हस्तान्तरण

वाफ च्याम्पियनसिप उपविजेतालाई १० लाख रुपैयाँ हस्तान्तरण
सुन्नुहोस्

साउदी : नेपाली व्यवसायी यम तमुले नेपाल वाफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता टिमलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। तमुले खेलाडी राष्ट्रको गहना भएको, फाइनलमा जोर्डन विरुद्धको खेलमा नेपालले देखाएको प्रदर्शन र खेलाडीले खेलबाट नेपालप्रति देखाएको माया र चिनारीलाई थप हौसला दिन १० लाख रुपैयाँ दिएको बताए। 

उनले वाफ च्याम्पियनसिपका लागि हेड डेलिकेट बनेर आएकी पेमा डोल्मा लामाको खातामा रकम बुझाएका हुन्। तमु लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै साउदीमा अलपत्र परेका नेपालीहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएका छन्। 

यसैगरी सुदूरपश्चिमेली समाजले १ लाख रुपैयाँ, हातेमालो युवा क्लबले २० हजार रुपैयाँ, रत्न कुमार राई, १ लाख, नर बहादुर मगर १ लाख रुपैयाँ, श्री प्रसाद बेर्देवा १ लाख रुपैयाँ, साउदी अरेबिया हामी नेपाली समुह ४० हजार रुपैयाँ,  बलराम थापा,१७ हजार रुपैयाँ,तमु धीं जेद्दा, २१ हजार रुपैयाँ, नेपाल आदिवासी जनजाति महासंघ जेद्दा, ३६ हजार तथा एनआरएन साउदीले १ लाख ५८ हजार रुपैयाँ सहित अन्यले सम्मान गरेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.