दुग्ध किसानद्वारा हेटौंडामा प्रदर्शन

दुग्ध किसानद्वारा हेटौंडामा प्रदर्शन
सुन्नुहोस्

हेटौंडा : दुग्ध किसानहरूले बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। 

बिहीबार प्रदर्शनमा उत्रिएका करिब तीन हजार किसानहरूले हेटौंडा उपमहानगपालिकामा बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय घेराउ गरेका थिए। 

आन्दोलित दुग्ध किसानहरूले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अघि दुग्ध बिक्रीको ग्यारेन्टी गर, दुग्धजन्य पदार्थ निर्यातको प्रबन्ध गर, किसानको पैसा फिर्ता गर भन्दै नाराबाजी र घेराउ गरेका हुन्। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलित हुनुपरेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य विदुर हुमागाईंले बताए। 

केन्द्रीय दुग्ध सहकारी संघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको किसानहरू बिरोध प्रदर्शनमा उत्रिएका हुन्। मकवानपुरमा विगत ६ महिनादेखि किसानले दूध बेचेको ५७ करोड रुपैयाँ पाउनुपर्ने भए पनि उक्त रकम नआएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.