चीनबाट कार आयात

चीनबाट कार आयात

चालु आवमा ४ हजार ७ सय ६ विद्युतीय सवारीसाधन रसुवा भन्सारबाट नेपाल भित्रिए ।

रसुवा : नेपाल चीन सिमानाका रसुवागढीबाट विद्युतीय कार आयात बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४ हजार ७ सय ६  सवारीसाधन आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । तीमध्ये ४ हजार ६ सय ७९ विद्युतीय कार नेपालतर्फ भित्रिएका हुन् । 

यस नाकाबाट ५ हजार ८ सय ५० सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी भित्रिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकृत निर्मल कँडेलले जानकारी दिए । 

विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार रुपैयाँ र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ रहेको छ । रसुवा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको ९ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको हो । तुलनात्मक हिसाबले १ सय ६६ प्रतिशत राजस्व वृद्धि भएको पाठकले बताए । 

गत आवको यस अवधिमा ५ अर्ब ९४ करोड रुपैयाँ मात्र असुली भएको थियो । ठूलो संख्यामा चीनबाट सवारीसाधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको हो । चालु आवको ९ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँबराबरको सामग्री आयात भएको थियो । आयातीत सामग्रीमा साना–ठूला सवारीसाधन, इलेक्ट्री सामान, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेका छन् ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा मौसममा दैनिक ३ सयदेखि ४ सय सवारीसाधन आवतजावत हुने गरेको छ । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको हो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.