धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो
काठमाठौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्ता आह्वान गरेको छ। अर्थमन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै रिक्त अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।
मंगलबार अध्यक्ष पदका लागि आवेदन खुला गर्न अर्थ मन्त्रालयले कार्यविधि सार्वजनिक गरेको थियो। आवेदन फागुन ३० गतेसम्म दिन सकिनेछ।
योग्यता पुगेका नागरिकले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा,सिंहदरबारमा खामबन्दी आवेदन दिनसक्नेछन्।
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हाँसिल गरी धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय,वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा सात वर्ष काम गरेको व्यक्तिले अध्यक्षमा आवेदन दिनसक्नेछन्। ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेका व्यक्ति आवेदनका लागि योग्य ठानिनेछन्।
धितोपत्र बोर्डका तत्काली अध्यक्ष रमेशकुमार हमाल बोर्डबाट बाहिरिएपछि पुस २० गतेदेखि बोर्ड अध्यक्षविहीन छ।
प्रतिक्रिया दिनुहोस !