लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर : अर्थमन्त्री

लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर : अर्थमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा .प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। लघुवित्त र मिटरव्याज पीडितहरूले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत् नियमन गरिने भन्दै लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका हुन्।

उनले लघुवित्तको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याइने र ऋण लिएकाहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राखे । संसदभित्र र संसद बाहिर पनि लघुवित्त पीडितको मागप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्री महतले त्यसको समाधान गर्ने विकल्पमा सरकार गम्भीर रहेको बताए।

हिजोको दिनमा सहकारी लघुवित्तमा अथाह ऋण प्रवाह गरेको र कोभिडका कारण ऋणीहरू थप समस्यामा परेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.