सुर्खेतले जित्यो रनिङ शिल्डको उपाधि

सुर्खेतले जित्यो रनिङ शिल्डको उपाधि
सुन्नुहोस्

सुर्खेत : कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ। वीरेन्द्रनगरमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा सर्वाधिक ४५ स्वर्णसहित सुर्खेतले उपाधि हात पारेको हो। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगितामा सम्पन्न भएको हो।

यही फागुन ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ६ वटा खेल समावेश गरिएको थियो। जसमा सुर्खेतले ४५ स्वर्णसहित उपाधि जितेको परिषद्ले जनाएको छ। प्रतियोगितामा सुर्खेतले ४५ स्वर्ण, १४ रजत र ७ कास्यसहित १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि हात पारेको हो। जसअन्तर्गत छात्रतर्फ सुर्खेतले २० स्वर्ण, ५ रजत र ४ कास्य जित्यो भने छात्रातर्फ २५ स्वर्ण, ९ रजत र ३ वटा कास्य जित्न सफल भयो।

यस्तै प्रतियोगितामा रुकुमपश्चिम दोस्रो बन्न सफल भएको छ। रुकुमपश्चिमले ५ स्वर्ण जितेको छ। यस्तै १३ रजत र १७ कास्य जितेर रुकुमपश्चिम दोस्रो बनेको परिषद्ले जनाएको छ। यस्तै सल्यान ५ स्वर्ण, १२ रजत र १८ कास्यसहित तेस्रो बनेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का प्रशिक्षण विभाग प्रमुख प्रदीप राईले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.