सेयर बजारमा २७ अंकले गिरावट, सबै उपसमूहका सूचक नकारात्मक

सेयर बजारमा २७ अंकले गिरावट, सबै उपसमूहका सूचक नकारात्मक
सुन्नुहोस्

काठमाडौं :  सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको  छ।  नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स  ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ।

यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर  ३ अर्ब ७७ करोड  ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।

सामलिङ पावरका लगानीकर्ताले यसदिन गुमाए। सो कम्पनीको मूल्य ८.२१ प्रतिशतले घट्यो। कारोबार रकमका  आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी एनआईसी एसिया  बैंकले १३ करोड,जोशी हाइड्रोपावरले १० करोड,सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

आज सबै उपसमूहका सूचक नकारात्मक देखिएका छन्।  फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढिले घटेको छ। कारोबारमा आएका कम्पनीमध्ये २१ वटाको मूल्य बढ्दा २२५ वटाको घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.