दिगो विकास लक्ष्य प्राप्ति निराशाजनक

दिगो विकास लक्ष्य प्राप्ति निराशाजनक
सुन्नुहोस्

काठमाडौं  : एसिया एन्ड प्यासफिकका मुलुकहरूले दिगो विकास लक्ष्यको एकतिहाइमात्र प्रगति हासिल गर्ने बताइएको छ। एसिया एन्ड प्यासफिक दिगो विकास लक्ष्य प्रतिवेदन २०२४ का अनुुसार सन् २०३० सम्म यी मुलुकहरूले १७ लक्ष्यको एकतिहाइमात्र सफलता हासिल गर्ने औंल्याएको हो। 

अहिलेको अवस्थामा सन् २०६२ मा मात्रै सन् २०३० का निर्धारित १७ लक्ष्य हासिल गर्न सम्भव रहेको उक्त प्रतिवेदनमा भनिएको छ। तोकिएको करिब ३२ वर्षपछि मात्र यो क्षेत्रमा दिगो विकासका लक्ष्य हासिल हुने बताइएको छ। 

१७ लक्ष्यअन्तर्गत १ सय ६९ उपलक्ष्यमध्ये हाल १ सय १६ मात्रै मापनयोग्य रहेको बताइएको छ। तीमध्यै १३ उपलक्ष्य गतिमा रहेको र २० भने मापनयोग्य भए पनि पूर्ण लक्ष्यप्राप्तिका लागि गति बढाउन भनिएको छ। सन् २०१५ आधार रेखाको समयभन्दा पनि नकारात्मक अवस्थामा १४ उपलक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ। 

दिगो विकास लक्ष्यमा गरिबीको अन्त्य, भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित, दिगो कृषिको प्रवद्र्धन, स्वस्थ र समृद्ध जीवन प्रवद्र्धन, समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी र सरसफाइको उपलब्धता छन्। त्यसैगरी, किफायती, विश्वसनीय, दिगो र आधुनिक ऊर्जामा पहुँच, भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि, उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगीकरणको प्रवद्र्धन र नवीन खोजलाई प्रोत्साहन, मुलुकभित्र तथा मुलुकबीचको असमानता घटाउने लक्ष्य छन्।

दिगो विकास लक्ष्यमा सहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य, दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने छन्। त्यसैगरी, स्थलीय पर्यावरणको संरक्षण, पुनस्र्थापना र दिगो उपयागको प्रवद्र्धन गर्ने, दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन गर्ने र दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने लक्ष्य छन्। 

दिगो विकास एजेन्डामा आगामि सन् २०३० भित्रमा सबै ठाउँमा गरिबी र भोकमरीको अन्त गर्ने वाचा गरिएकोे छ। देशभित्र र देशहरूबीच रहेको असमानताविरुद्ध लड्ने, मानवअधिकारको रक्षा गर्ने साथै महिला तथा बालिकाको सशक्तीकरण गर्दै लैंगिक समानताको प्रवद्र्धन गर्ने, पृथ्वी र प्राकृतिक स्रोत साधनको रक्षाको सुनिश्चिता गर्ने कुरा गरिएको छ। साथै जलवायु परिवर्तन न्यूनीकरणका लागि तत्काल काम थाल्ने संकल्प गरिएको छ। 

अर्कोतर्फ यसले विभिन्न तहमा देशको विकास र क्षमतालाई ध्यानमा राख्दै दिगो, समावेशी र स्थायी आर्थिक वृद्धि, समृद्धिको साझेदारी र सबैलाई सम्मानजनक कामको उपलब्ध गराउने अवस्था सिर्जना गर्ने कुरा गरेको छ। कोरोनाभाइरस महामारी, जारी संकट र द्वन्द्वहरूले विश्वव्यापी आपूर्ति शृंखलालाई बाधा पु¥याइरहेको र अनिश्चितताका कारणले दिगो विकास लक्ष्य हासिलमा समस्या भइरहको प्रतिवेदनमा भनिएको छ। यी चुनौतीको सामना गर्न घरेलु नीतिहरूलाई संशोधन गरी प्रभावकारी बनाउन आवश्यक रहेको सुझाइएको छ। 

तथापि १७ लक्ष्यमा गरिबी निवारण तथा उद्योग, नवीनतम विकास र पूर्वाधार विकासमा एसिया एन्ड प्यासफिकका मुलुकको प्रगति उत्साहजनक देखिन्छ। तर, जलवायु परिवर्तन सम्बन्धमा भने यो क्षेत्र बढी प्रताडित देखिएको छ। तोकिएका लक्ष्यमा लैंगिक असमानता र शान्ति, न्याय तथा संस्थाको विकासमा पर्याप्त सूचकहरू नभएको प्रतिवेदनमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.