चौतारा अस्पताल नेपालकै उत्कृष्ट घोषित

चौतारा अस्पताल नेपालकै उत्कृष्ट घोषित
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्डमा ९२ अंक प्राप्त गरी नेपालकै उकृष्ट हुन सफल भएको छ। 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिएसँगै नेपालकै प्रथम हुन सफल भएको हो। न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सर्पोट सर्भिसमा २० प्रतिशत गरी कुल १ सय प्रतिशतमध्ये ९२ प्रतिशत अंक ल्याई चौतारा अस्पताल १५ शय्या वर्गको अस्पतालमा पहिलो भएको हो। निर्देशनालले २०८० फागुन १ र २ गते अस्पतालमा न्यूनतम सेवा मापदण्डको अनुगमन गरेको थियो। 

अनुगमन पछि समिक्षा कार्यक्रममा विभिन्न सूचाङ्को आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ८ अंक नपुग्नुका कारणहरु बारेसमेत समिक्षा गरिएको थियो। निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नालसहितको ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा १०० प्रतिशत मध्ये ९२ प्रतिशत ल्याई नेपालमै १५ शय्या समूहमा प्रथम भएको समीक्षा कार्यक्रममा बताए। 

यसअघि भएको फलोअप समिक्षामा अस्पतालले ८९ प्रतिशत प्राप्त गरेको थियो। समिक्षा कार्यक्रमा संयोजक दर्नालले बागमती प्रदेश सरकारले चौतारा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको र चीन सरकारको सहयोगमा बन्दै गरेको नयाँ भवनमा सो शय्याहरू सञ्चालन प्रश्चात देशको उत्कृष्ट अस्पतालको रुपमा चिनाउन सकिने तर त्यस कार्यको लागि तिनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए।

त्यसैगरी फलोअप कार्यक्रमका अनुगमनकर्ता बीर अस्पताल काठमाडौंका जनरल सर्जन डा. उमेश प्रधानले अस्पतालमा भएका राम्रा पक्षहरुलाई प्रादेशिक अस्पतालहरुले अनुसरण गर्नुपर्ने बताए। ‘चौतारा अस्पतालको रेकडिङ रिपोटिङ, नियमित मर्निङ कन्फरेन्स, डाटा भेरीफिकेशन लगाएतका कार्यहरु उत्कृष्ट देखिएको छ,’ उनले भने, ‘यस्ता कार्यलाई अन्य अस्पतालहरुले पनि अनुशरण गर्न जरुरी छ।’

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिई अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले अस्पताललाई यो अवस्थामा ल्याउन अस्पतालमा कार्यरत कार्यालय सहयोगीदेखि सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारीहरूको ठूलो भूमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले सहयोगी सबैलाई धन्यवाद दिए। 

कार्यक्रममा अस्पतालबाट पौष महिनाको उत्कृष्ट कर्मचारी सिअनमी निरीक्षक सीता श्रेष्ठ र माघ महिनाको उत्कृष्ट कर्मचारी मेडिकल रेकर्डर निरीक्षक दुर्गा रेग्मीलाई सम्मानसमेत गरीएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.