मैथिली संस्कृति प्रवर्द्धनका लागि साहित्यकला महोत्सव

मैथिली संस्कृति प्रवर्द्धनका लागि साहित्यकला महोत्सव

जनकपुरधाम : मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ जनकपुरमा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ। 

मैथिली विकास कोष तथा मधेश प्रदेश सरकारको उद्योग,पर्यटन मन्त्रालयको  आयोजनामा बिहीबारबाट सुरु भएको पाँच दिवसीय महोत्सवको भव्य समारोहबीच जनकपुरको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा सुरु भएको हो। 

महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले गरेका हुन्। महोत्सव अवधिभरी करिब २१ वटा विमर्श सत्रमा जनकपुर गाथा लगायत, राजनीतिक, सामाजिक, साहित्यिक र आर्थिक विषयवस्तुहरूमाथि विमर्श हुने कोषका सदस्य सचिव श्यामसुन्दर शशीले जानकारी दिए। 

महोत्सवमा नेपाल र भारतका विभिन्न कलासांस्कृतिक समूह आबद्ध कलाकारहरूबाट विभिन्न शीर्षकमा नाटक प्रदर्शन गरिने कार्यक्रम रहेको छ। महोत्सवमा मैथिली, नेपाली, हिन्दी, आसामी र बंगाली भाषा गरी पाँचवटा बहुभाषिक नाटकहरू प्रदर्शन हुने जनाइएको छ। महोत्सवमा सहभागी हुनका लागि कलाकारहरू, विद्धानहरू र विभिन्न क्षेत्रका विज्ञहरू जनकपुर आइपुगेका छन्। 

महोत्सवमा नेपाल र भारतका करिब एक लाख दर्शक सहभागी हुने कोषको अनुमान छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.