फोटोफिचर

स्वस्थानी व्रत सुरू : शालीनदीमा स्‍नान गर्नेको घुइँचो

स्वस्थानी व्रत सुरू : शालीनदीमा स्‍नान गर्नेको घुइँचो
साँखुस्थित शालीनदीमा स्नान गर्दै भक्तजनहरु। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ।  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। यसै अवसरमा काठमाडौंको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको भीड लागेको छ। साँखुको शालीनदीमा स्वस्थानीमा  विशेष मेला लाग्ने गर्छ। यस वर्ष २०१ महिला र १९ पुरुष गरी २२० जना शालीनदीमा माधवनारायणको ब्रत बसेका छन्।

null

माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ। जसका कारण बिहानैदेखि विभिन्न स्थानबाट सन्तोषी माताको दर्शन गर्न भक्तालुहरू शालीनदीमा आइपुगेका हुन्। शालीनदीको कुण्डमा नुहाइधुवाइ गरी सन्तोषी माताको दर्शन गर्दा मनले चिताएको पूरा हुने विश्वासले  यहाँ आएको भक्तालुहरू बताउँछन्।

null

मेला अवधिभर हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। व्रत बस्नेले महिनाभरि प्रत्येकदिन नुहाइ श्रीस्वस्थानीको पूजा कथा श्रवण गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान,स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर देवीदेवताको पूजा आराधना गरी व्रत सुरू गरेका छन्। वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोवास गर्नेले नै यो पर्व मनाउँछन्। 

null

भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन्। यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ। नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।

null

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ। बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ।

null

बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ। कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन्।

null

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

null

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.