नक्कली नोटसहित एक महिला पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्। तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालिका-१० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई प्रहरीले माछापोखरी चोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीका अनुसार माछापोखरी चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !