उपचारका क्रममा सुत्केरीको मृत्यु

उपचारका क्रममा सुत्केरीको मृत्यु
सुन्नुहोस्

बाजुरा : जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा सुत्केरीको मृत्यु भएको छ। हुम्लाको ताँजाकोट गाउँपालिका-५ डोप्ककी २३ वर्षीया अन्सु बुढाको उपचारका क्रममा हिजो राति मृत्यु भएको हो। 

यही पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए। सुत्केरी भएको ११ दिनपछि उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको उनका ससुरा जीतबहादुर बुढाले बताए।

उनले सुत्केरी भएदेखि बुहारी र नातिनीको स्वास्थ्य अवस्था ठीक भए पनि एक्कासि बुहारीलाई ज्वरो आएको र टाउको दुख्यो भने पछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको बताए। सुत्केरी अवस्थामै समस्या देखिएपछि बुढालाई उपचार सम्भव नहुने भन्दै मदाना स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लैजान रेफर गरेको थियो। 

तर सुविधा सम्पन्न ठाउँमा लिन नसके पछि थप उपचारका लागि उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएको ससुरा बुढाले बताए। सोमबार दिउँसो उपचार लागि ल्याएको र राति मृत्यु भएको केन्द्रका डाक्टर रन्जीत शाहले बताए। सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कम हुँदा मृत्यु भएको उनको भनाइ थियो। 

सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्ने भए पनि बुढाको ४९ मात्रै रहेको उनको भनाइ थियो। अहेव सम्झना भण्डारीका अनुसार अवस्था जटिल भएकाले उपचारका लागि आएकी बुढालाई तत्काल रिफर गरिएको थियो। तर परिवारले उनलाई सुविधायुक्त अस्पतालमा लैजान सकेनन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.