स्वास्थ्यको पहुँच कम भएको क्षेत्रमा सेनाको स्वास्थ्य शिविर

स्वास्थ्यको पहुँच कम भएको क्षेत्रमा सेनाको स्वास्थ्य शिविर
सुन्नुहोस्

परासी : स्वास्थ्यको पहुँच कम भएका ग्रामीण क्षेत्रलाई लक्षित गरी नेपाली सेनाको गोरखदल गण परासीले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

देवदह मेडिकल कलेजको सहकार्यमा नवलपरासीको प्रतापपुर गाउँपालिका–७ जगन्नाथपुरमा शिविर सञ्चालन गरेको हो। सीमावर्ती ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको शिविरमा साधारण स्वास्थ्य परीक्षणदेखि नाक, कान, घाँटी परीक्षण, छाला, हाडजोर्नी, आँखा, दाँत, बालरोग, स्त्री तथा प्रसूति रोगलगायत विभिन्न १३ वटा रोगको परीक्षण गरिएको थियो। 

विभिन्न रोगका १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीहरूले शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्य परीक्षण गराएका सेवाग्राहीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो। 

शिविरमा करिब ८ लाख बढीको निःशुल्क औषधि वितरणका लागि राखिएको थियो। प्रतापपुरसँगै छिमेकी गाउँपालिकाहरूबाट समेत आएका करिब ३ हजार स्थानीयले शिविरमा स्वास्थ्य परीक्षण गराएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिए। शिविरमा सबैभन्दा बढी जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। 

स्वास्थ्यको पहुँचकम भएका र विशेषज्ञ चिकित्सकको सेवा पाउनबाट बञ्चित ग्रामीण क्षेत्रका स्थानीयलाई लक्षित गरेर शिविर सञ्चालन गरेको गणका प्रमुख सेनानी श्रेष्ठले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.