बाजुरामा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु
सुन्नुहोस्

बाजुरा : बडिमालिका नगरपालिका-२ भौनेरा नजिक खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।  मार्तडीबाट गौमुल गाउँपालिका जाँदै गरेका सु.प्र.प्र ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्बरका ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गौमुल गाउँपालिका-६ का चालकसमेत रहेका हिक्मत रोकाया, बडिमालिका नगरपालिका-१ का चन्द्र बहादुर दानी, बडिमालिका नगरपालिका-२ का देवराज जैशी र सोही वडाकी करिस्मा रोकायाको मृत्यु भएको हो।

अगाडिको ट्याक्टरलाई ओभरटेक गर्न खोज्दा एक आपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । एउटा सडकभन्दा १ सय मिटर तल खसेको छ भने अर्को ट्याक्टर सडकको माथिल्लो नालीमा पल्टिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.