भीम रावलले भने : गोविन्द केसीको काम देशको हितमा छैन, सर्वत्र विरोध हुनपर्छ

भीम रावलले भने : गोविन्द केसीको काम देशको हितमा छैन, सर्वत्र विरोध हुनपर्छ
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको हितमा नदेखिएको बताएका छन्। नेता रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. केसीको सर्वत्र विरोध हुनुपर्ने बताएका हुन्। 

‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ।’उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर  निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ।’

शुक्रबार अनशन बस्ने घोषणा गरेर कैलालीको गेटा पुगेका डा. केसीको अनशनको कार्यक्रम भाँडिएको थियो। स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डाक्टर केसीलाई भवन निर्माणस्थलमा अनसन बस्न दिएनन् भने डाक्टर केसीले अनसन बसेको धनगढीको राधाकृष्ण मन्दिरको बाहिर पनि नाराबाजीसहित प्रदर्शन गरिएको थियो। स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डाक्टर केसीले विश्वविद्यालयको प्रक्रिया अगाडि बढिरहेका बेला फेरि प्रतिष्ठानको मुद्दा उठाएको भन्दै अनसनमा बस्न दिएनन्।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एउटा मेडिकल कलेज पनि छैन। २०६६ सालदेखि कैलालीको गोदावरी नगरपालिकाको गेटामा सरकारी लगानीमा पूर्वाधार बने पनि सञ्चालनमा आउन सकेको छैन।
 
६ अर्ब लगानीका ती पूर्वाधारमा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के सञ्चालन गर्ने ? भन्ने कुराको अझै टुंगो लागेको छैन। तर यस क्षेत्रका जनताको संघर्षपछि २०७९ को माघमा मन्त्रिपरिषदको बैठकले गेटामा मेडिकल विश्वविद्यालय नै सञ्चालन गर्ने निर्णय गरेको थियो।

मेडिकल विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाको विधायन समितिमा छलफलका क्रममा रहेका बेला डाक्टर गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन हुनुपर्ने भन्दै अनसन सुरु गरेपछि विवाद आएको हो। 

गेटामा अहिले ६ सय शय्याको अस्पताल भवन, एमबीबीएसका लागि कलेज भवन, चिकित्सक र नर्सिङ आवासहरू, विद्युतको सवस्टेशन, सडक, घेरबार, प्रशासनीक भवनहरू बनिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.