उपचार नपाउँदा श्रीमान्को मृत्यु, परिवारको बिचल्ली

उपचार नपाउँदा श्रीमान्को मृत्यु, परिवारको बिचल्ली
सुन्नुहोस्

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित श्रीमान् उदे राउतको मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। 

०७९ भदौमा क्यान्सर पीडित उदे रावतको घरको सिँढीबाट लडेर घाइते भएपछि उपचारका लागि अछाम जिल्लाको बयालपाटा अस्पतालमा उपचारमा लगेका थिए। क्यान्सरपाट ग्रसित उदेको बयालपाटा अस्पतालमा उपचार असम्भव भएको र सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए। 

नरा रावतले आफ्नो श्रीमान्को उपचारका लागि विभिन्न निकायसँग अनुरोध गरेकी थिइन्। उनको अनुरोध कसैले सुनुवाइ नगरिदिए पछि श्रीमान्लाई घर फिर्ता ल्याएकी थिइन्। घर ल्याएको केही दिनपछि उदे रावतको उपचार अभावमा मृत्यु भएको थियो। 

श्रीमान्को मृत्युपछि ५ जना छोराछोरी सहित पूरै परिवार बिचल्लीमा परेको स्थानीय टेकबहादुर बुढाले बताए। घरमा अन्या आयस्रोत केही छैन। खेतीपाती लगाउन जग्गा जमिन पछि छैन। भएको जमिनमा राम्रो उब्जनी पनि हुँदैन खेतीबाट ३ महिना पनि खान नपुग्ने नरा रावतले बताइन्। 

श्रीमान्को वृद्ध भत्ता आउँथ्यो जेनतेन साँझ बिहान चुलो बाल्ने गथ्र्यो श्रीमान्को मृत्युपछि वृद्ध भत्ता रोकिएपछि नराको घरको चुलो साँझ बिहान बल्न छोडेको स्थानीय टेकबहादुर बुढाले बताए। छिमेकीले केही सहयोग गरे एक छाक चुलो बल्छ नत्र बल्दैन बुढाले बताए। 

आर्थिक अभावकै कारण २ छोरी वसन्ती र सौरा रावतले सानै उमेरमा विवाह गरिसकेका छन् भने १५ वर्षीया छोरी रजना रावत ५ कक्षा पढेर स्कुल छोडी सकेकी छन्। अर्की १२ वर्षीया कल्पना ३ कक्षामा अध्ययनरत छन्। त्यस्तै १० वर्षीय छोरा खेमराज १ कक्षामा पढ्छन्। 

स्कुल भर्ना त भएका छन् तर नियमित स्कुल जाँदैनन्। उनीसँग न कापी न कलम स्कुल पोषाकसमेत नभएकाले स्कुल नजाने गरेको १२ वर्षीया कल्पनाले बताइन्। अरू साथीहरू कापी र कलम राम्रो स्कुल पोसाक लगाएर आउँछन् आफ्नो केही हुँदैन अनि स्कुल जान मन नलाग्ने कल्पनाले बताइन्। 

एकातिर छोराछोरी पढाउनु अर्कातिर घरखर्च चलाउन घरको काम गरिरहेको भए पनि अहिले घरमा साँझ बिहानको छाक टार्नसमेत समस्या भएको नरा रावतले बताइन्। श्रीमान् हुँदासम्म उनको वृद्ध भत्ताले घरखर्च सामान्य भएपछि चल्थ्यो अहिले उनको मृत्युपछि समस्या झन् बढी भएको उनले बताइन्। नराले भनिन्, ‘हाम्रो सहारा भनेको सरकार मात्र थियो तर सरकारबाट पनि कुनै सहयोग नपाएपछि सहाराविहीन भएका छौं, गत असोजमा गएको भूकम्पले घर चिराचिरा पर्यो‍।’ सबैले राहत पाए तर आफूले भने अहिलेसम्म एक त्रिपालसमेत नपाएको उनले बताइन्। चुनावमा हामीले जनताका आधारभूत आवश्यकता पूरा गर्छु भन्दै नेताहरू दिन दिनै घर आउँथे चुनाव जितेर गएपछि कोही पनि फर्केर आएनन्। आफूले चुनावमा भोट हाल्यौं तर अहिलेसम्म सरकार छ भन्नेसमेत थाहा नपाएको उनले दुखेसो गरिन्।  

खप्तड छेडेदह गाउँपालिका–३ का वडा अध्यक्ष बिर्ख रावलले नरा रावतको परिवार समस्यमा रहेको स्वीकार गरेका छन्। नरा रावतको घर चर्केको छ। सरकारले पहिलो प्राथामिकतामा घर पूर्णरूपमा क्षति भएका परिवारलार्ई राहत दिने निर्णय अनुसार उनको राहत पाउने लिष्टमा पछाडि परेको रावलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.