नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ
नक्कली नोटसहित पक्राउ परेका व्यक्ति र मेसिन। तस्बिर : जिप्रका।
सुन्नुहोस्

परासी : जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली नोट छाप्ने मेसिन बरामद गरेको छ। नक्कली नोटसहित बुधबार २ जना व्यक्ति पक्राउ परेलगत्तै प्रहरीले बिहीबार मेसिन बरामद गरेको हो। 

नवलपरासीको बर्दघाट बजारको विनय होटल एण्ड रेष्टुरेण्टबाट १ लाख ३९ हजार नक्कली नोटसहित उनीहरु पक्राउ परेका थिए। बर्दघाटमा पक्राउ परेका उनीहरुसँग सोधिखोजी गर्दा नक्कली नोट बनाउका लागि प्रयोग गर्ने मेसिन बुटवलमा राखेका बताएका थिए। 

सोही आधारमा बुटवलको अन्नपूर्ण खाना तथा खाना घरबाट मेसिन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए। 

१ हजार दरका नक्कली नोटसहित पक्राउ परेका उनीहरुबाट नोट बनाउनका लागि प्रयोग हुने कागज, स्ट्याम प्याड, स्केललगायतका समानसमेत बरामद गरिएको छ। मोबाइल फोन बन्द गरेर ह्वाट्सएपबाट कुराकानी गर्दै आएका उनीहरुलाई महिला प्रहरीमार्फत हनी–ट्रयापमा पारेर पक्राउ गरिएको थियो। 

पक्राउ पर्नेमा तनहुँ ऋषिङ्ग गाउँपालिका–३ बस्ने २५ वर्षीय सुरज बिक र पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विश्वकर्मा छन्। उनीहरु लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका प्रहरीले जनाएको छ। चाडपर्वको मौका पारेर उनीहरु नेपाल आएको प्रहरीले जनाएको छ। 

यसैबीच नक्कली नोट बनाउने गिरोह नै रहेको प्रहरीले जनाएको छ। बुधबार नै उनीहरुकै समूहमध्येका २ जना तनहुँमा पक्राउ परेको एसपी आचार्यले बताए। अनुसन्धानमा अहिलेसम्म ४ जना रहेको पाइएको उनले बताए। 

नक्कली नोट बजारमा साटेर सक्कली लिनका लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका बजार क्षेत्रलाई लक्षित गरेर उनीहरु दुई समुहमा विभाजन भएको प्रहरीले जनाएको छ। ‘यिनीहरुले ठूलो रकम दिएर नक्कली नोट साट्ने गरेको पाइएन, पसलमा १ सयको सामान किनेर ९ सय सक्कली नोट लिँदै हिंडेको पाइयो,’ एसपी आचार्यले भने। पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.