व्यवसायीमैत्री अनुगमन गर्न माग

व्यवसायीमैत्री अनुगमन गर्न माग

इलाम : कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूले चाडवाडको मुखमा सरकारले तीव्र बनाएको अनुगमन व्यवसायीमैत्री हुनुपर्ने माग गरेका छन्।  

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले  असोज १८ र १९ गते आयोजना गरेको कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघको क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला गोष्ठीपछि ध्यानाकर्षण पत्र जारी गर्दै राजश्व वृद्धिका नाममा उद्यमी व्यवसायीलाई हतोत्साह गर्ने काम बन्द गर्न माग गरेको हो। 

संघले भनेको छ, ‘विशेषगरी उद्यमी व्यवसायीहरू कठिन परिवेशमा उद्योग व्यवसाय दर्ता तथा नवीकरणमा आउने झन्झटिलो प्रक्रिया, दोहोरोपना जस्ता कारण र पटक पटक राज्यका विभिन्न निकायहरूबाट निजी क्षेत्र निरुत्साहित हुने गरी उपल्लो निकायबाट दिइएको लक्ष्य पूरा गर्न अनुगमनलाई समेत व्यवसायीमैत्री बनाउन ध्यानाकर्षण गर्ने।’

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशभित्र क्रियाशील जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघहरू प्रदेशभित्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन लगायत गतिविधिहरूका विषयमा अत्यन्त संवेदनशील रहेको महासंघले उल्लेख गरेको छ। 

महासंघले भनेको छ ‘वर्तमान विषम परिवेशका कारण कतिपय उद्योग व्यवसाय बन्द हुने अवस्थामा रहेका तथा सञ्चालनमा रहेका उद्योग समेत ४० प्रतिशतभन्दा माथि उत्पादन हुन नसकिरहेको अवस्थाका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको छ। यो अवस्था सिर्जना हुनमा सरकारको नीति, नियामक निकाय राष्ट्र बैंक एवं बैक वित्तीय संस्थाको निजी क्षेत्रमैत्री नीति नियम नहुनु लगायतका कारण रहेको हामीले महशुस गरेका छौं।’

वित्तीय नियम, कठिन र विषम परिवेशमा निजी क्षेत्र अत्यन्त क्रियाशील, संवेदनशील र एकतावद्ध भएर आ आफ्नो क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन संघीय, प्रदेश र स्थानीय सरकार तथा गैरसरकारी निकायहरूसँग समेत समन्वयात्मक र संस्थागत रूपमा सहकार्य गर्न तयार रहेका महासंघले जनाएको छ। 

गोष्ठीमा सहभागी महासंघका विभिन्न जिल्ला र नगरका प्रतिनिधिले उद्यमी व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्दा व्यावसायिक उत्तरदायित्व बहन गर्दै नेपालीहरूको महान पर्वहरू विजया दशमी, दिपावली, छैठ लगायत पर्वहरूमा ग्राहकहरूलाई विशेष सहुलियतसहित सेवा प्रवाहका लागि प्रतिवद्धता जायर गरेका छन्। 

उनीहरूले कोशी प्रदेश आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग सम्बन्धित कार्यक्रमहरूमा निजी क्षेत्र समेतको सहभागितामा कार्यक्रम तर्जुमा गर्ने, कार्यक्रम सञ्चालन गर्ने र अनुगमन गर्न नीतिगत व्यवस्थाका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने  निर्णय गरेका छन्। 

उद्यमी व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र व्यावसायिक प्रवर्द्धनका लागि कोशी प्रदेशबाट अन्तर प्रदेशहरूमा समेत हवाई सेवालाई सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। 

कोशी प्रदेशभित्र निजी क्षेत्रले आयोजना गर्ने मेला, महोत्सव, लगानी सम्मेलन लगायत आर्थिक गतिविधि चलायमान बनाउन तथा उद्यमी व्यवसायीहरूका समस्याहरूलाई समाधान गर्न सम्पर्क, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने समेत उद्यमी व्यवसायीले प्रतिवद्धता जनाएका छन्। 

उद्यमी व्यवसायीले कोशी प्रदेशभित्र रहेका ऐतिहासिक, पर्यटकीय एवं धार्मिक स्थलहरूको प्रचार प्रसार र प्रवर्द्धन मार्फत आर्थिक गतिविधि चलायमान बनाउने गतिविधिहरूमा समन्वयात्मक रूपमा कार्य गर्ने  जनाएका छन्।  

महासंघका कोशी अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी हुँदै गएको भए पनि उद्यमी व्यवसायीले संयमता अपनाउनुपर्ने बताए। उनले सरकारले तत्काल उद्यमी व्यवसायीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए। महासंघका केन्द्रीय सदस्य अविनास बोहोराले अर्थतन्त्र अझै संकटग्रस्त बन्ने संकेत देखिएको टिप्पणी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.