सुत्केरीको हेलिकोप्टरबाट उद्धार

सुत्केरीको हेलिकोप्टरबाट उद्धार
सुन्नुहोस्

बाजुरा : जिल्लाको हिमाली गाउँपालिका-१ की एक सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ। स्थानीय स्वास्थ्यचौकीमा शिशुलाई जन्म दिएकी २३ वर्षीया कल्पना रोकायाको सुत्केरीपछि रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो।

यहाँ उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए । 

मंगलबार बिहान बिच्छाया स्वास्थ्य चौकीमा सुत्केरी भएकी रोकायाको साल ननिस्केर अत्याधिक रगत बग्न थालेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको मल्लले बताए । 

राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निशुल्क हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । बाजुरालगायत दुर्गमका जटिल गर्भवति तथा सुत्केरी महिलालाई हेलिकोप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निशुल्क हवाई उद्धार हुँदै आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.