भाइरल ज्वरोको प्रकोप, नगरद्वारा घरमै उपचार

भाइरल ज्वरोको प्रकोप, नगरद्वारा घरमै उपचार
जाजरकोटको नलगाड नगरपालिकास्थित बाउसेखोलामा बिरामीको घरमै गएर उपचार गर्दै स्वास्थ्यकर्मी। राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–४ बाउसेखोलाका ६४ वर्षीय जयबहादुर खड्का एक सातादेखि ज्वरोले थला परेका छन्। कडा ज्वरो आउने, टाउको दुख्ने, रिगंटा लाग्ने, घाँटी दुख्ने जस्ता समस्याबाट थलिएका छन्। सोही ठाउँका ३७ वर्षीय गणेश विक, ३९ वर्षीया धनसरा विक, ४५ वर्षीया निर्मला रोकाय, दलबहादुर रोकायलगायतलाई पनि ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्याले ओछ्यानमै सुतेको १० दिन बित्यो। उनीहरू पहिलो चोटी ज्वरोले ओछ्यानमै थला परेका हुन्। खानामा पटक्कै रुचि छैन,’ बिरामी दलबहादुर रोकायले भने, ‘जीउ कटकटी दुख्छ। टाउको दुख्छ, घाँटी पाकेको छ, निल्नै सकिँदैन।’

त्यसैगरी नलगाड–४ खालचौरका महेन्द्र रावलका पाँचजनाको परिवार पनि भाइरल ज्वरोबाट एक सातादेखि ओछ्यानमा ढलेका छन्। नलगाडका अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन्। ज्वरो, मौसमी रुघाखोकीलगायतका कारण बाउसेखोला, दारफाका, भातचिउरा, खालचौर, ओवा, भेरीखर्क, औलसिमा, पाटा, कोठीगाउँलगायत स्थानमा घरघरै बिरामी परेका छन्। गाउँमा बालकदेखि वृद्धसम्मलार्ई ज्वरोले सताएको स्थानीय स्वास्थ्य चौकी लहँका इन्चार्ज भुपेन्द्रराज गिरीले बताए। 

‘सबै घरमा बिरामी छन्’, उनले भने, ‘एउटै घरमा ६ जनासम्म बिरामी परेका छन्। स्वास्थ्य चौकीमा दैनिक एक सयजति बिरामी उपचारका लागि आउने गरेका छन्।’ बिरामीको चाप धेरै भएपछि औषधि अभाव हुँदा उपचारमा केही समस्या भएको उनको भनाइ छ। सरकारी स्वास्थ्यसंस्थाको औषधिले बिरामी निको नभएपछि अधिकांश बिरामीलार्ई चेकजाँच गर्न निजी मेडिकलमा गएर महँगोमा औषधिले उपचार गर्नु परेको बिरामी अमरिका रावलले गुनासो गरिन्। आफूले नलगाड ३ कैना गएर ५ हजारको औषधि लिएर उपचार गरेको बताउँदै औषधि खाएर पनि निको नभएको उनको भनाइ छ। बिरामीको संख्या वृद्धि हुन थालेपछि खेतीपातीको काममा समेत असहज भएको स्थानीय दलबहादुर खत्रीले बताए। 

घरघरमै गएर उपचार 

वडाभर ज्वरोका बिरामी बढेपछि वडाध्यक्ष बद्री पन्तले स्वास्थ्यकर्मीलार्ई घरघरमा लगेर बिरामीहरूको उपचारको व्यवस्था गरेका छन्। अध्यक्ष पन्तले सोमबार दल्ली गएर इन्जेक्सन लगायत औषधि ल्याइ मंगलबार बिहानै ईन्चार्ज गिरीलार्ई लिएर बाउसेखोलास्थित गणेश बिकको घरमा गएर ६ जना बिरामीको उपचार गराए।

यसरी घरघरमै गएर ५० भन्दा बढी बिरामीहरूको उपचार सेवा गरेको वडा अध्यक्ष पन्तले बताए। ‘अहिले मौसमी ज्वरो र रुघाखोकीले बिरामीलार्ई सताएको छ। सबैतिर बिरामी बढेपछि स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ,’ उनले भने। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.