सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो
सुन्नुहोस्

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।  कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रमियम थप गरी प्रतिसेयर कूल १४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता सेयर  प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कर्मचारीहरूका लागि निष्काशन गरिसकेको छ।

यसैगरी इन्स्योरेन्सको कूल निष्काशनको १० प्रतिशत अर्थात् ११ ललाख  २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ९० लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड ५० लाख रहेको छ।  सर्वसाधारणका लागि निष्काशन गरेको ९० लाख कित्ता सेयर बाँडफाटपछि चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

आईपीओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले प्रतिकित्ता २४४ रुपैयाँका दरले न्यूनतम १० किता र बढिका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्य रुपमा सुरक्षित रहेको मानिन्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.