बाढीमा बासस्थान गुमाएका कलाकार वैरागीलाई राहत

बाढीमा बासस्थान गुमाएका कलाकार वैरागीलाई राहत
सुन्नुहोस्

नुवाकोट : कलाकार यादव वैराग सिटौलाको बासस्थान बाढीले बगाएपछि उनलाई राहत प्रदान गरिएको छ । उनलाई भेटेर कलाकारको एक समूहले मंगलबार आर्थिक सहयोग गरेको हो । 

सफल चलचित्रहरु लिला, प्रेयसी, रणभुमि, दाग, जीबनदान, हिम्मत, हिफाजत, राज कुमार,  जाऊँ हिंड पोखरा, कर्णवीर, कमान्डो, अहंकारलगायतका चलचित्रमा सशक्त अभिनय गरेका नुवाकोट पन्चकन्या गाउँपालिका भद्रुटारका चर्चित  कलाकार बैरागी हाल काठमाडौंको रानीबारीमा बसोबास गर्दै आएका थिए । 

सामाखुसी खोलामा आएको बाढीले उनी बस्दै आएको  घर भत्काइ  भौतिक सामग्रीसमेत बगाई लगेकोले उनलाई आर्थिक सहयोग गरिएको नेपाल चलचित्र कलाकार संघले जनाएको छ । 

बस्ने स्थान नभई पीडामा रहेका बैरागीलाई अमेरिका बसोबास गर्दै आइरहेका कलाकार किरणप्रताप केसीले पठाएको १३ हजार रुपैयाँ र कलाकार उत्तम केसीबाट  दुई हजार एकसय रुपैयाँ कलाकार यादव वैरागीलाई हस्तान्तरण गरिएको कलाकार रामशरण कोइरालाले जानकारी दिए । वैरागीलाई नेपाल चलचित्र कलाकार संघले छुट्टै सात हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

वैरागीलाई सहयोग रकम नेपाल चलचित्र कलाकार संघका अध्यक्ष  मोहन निरौला, चलचित्रकर्मि श्रीकृष्ण फुयाँल र रामशरण कोइरालालगायतको टोलीले हस्तान्तरण गरेको हो । कलाकार वैरागीलाई स्थायी रुपमा पुर्नस्थापना गरिनु पर्ने कलाकारहरुको सरकारसँग माग रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.