चिया बगान घुम्न एटीभी

चिया बगान घुम्न एटीभी
फाइल तस्बिर।
सुन्नुहोस्

इलाम : इलामको पर्यटकीय ‘हब’को रूपमा विकास हुँदै गएको सूर्योदय नगरपालिकामा पर्यटकको सुविधाका लागि ‘नयाँ प्रोडक्ट’ थपिएको छ।  कन्याम एडभेन्चर प्रालिले कन्याममा आन्तरिक र बाह्य पर्यटकका लागि दुई वटा चारपाङ्ग्रे बाइक (एटीभी राइट) सुरु गरेको हो। 

कन्याम चिया बगानका भित्री सडकमा सहजै कुदाउन मिल्ने बाइकमा यात्रा गरेर पर्यटकले यहाँको सौन्दर्यको थप आनन्द लिन पाउने सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा बरालले बताए। एचआरएस एडभेन्चरका अध्यक्ष रामप्रसाद उपाध्यायले पर्यटकले परिवारसहित कन्यामलाई मज्जाले घुमेर हेर्न पाउने भएको बताए। ‘नयाँ सुविधा’ कन्याम एडभेन्चरको लगानी र एचआरएस एडभान्चरको व्यवस्थापनमा सुरु भएको हो। 

कन्याममा सञ्चालन आएको सेवा उपयोग गर्नेले एक रुटमा यात्रा गर्दा आफैं बाइक चलाउनेले ३ हजार ५ सय तिर्नु पर्नेछ भने चालकबाहेक पछाडि बस्दा २ हजार ५ सय बुझाउनु पर्नेछ। कम्पनीले एटीभी बाइक यात्राका लागि चारवटा रुट निर्माण गरेको छ। यसअघि पर्यटकले घोडचढीबाट चिया बगानको आनन्द लिने गरेका थिए। 

दुई वटा बाइकबाट सुरु गरिएको सेवाका लागि अहिलेसम्ममा डेढ करोड रुपैयाँ लगानी भएको छ। एउटा वाइकलाई ३५ लाख रुपैयाँ पर्ने उनले बताए। नगरपालिकामै सिसाको पुलसहितको साढे १३ किलोमिटर लामो साइकल मार्गको काम धमाधम भइरहेको वडा नं. ८ का वडाध्यक्ष जंगबहादुर राईले जानकारी दिए। सो मार्ग निर्माणपछि देशभरका साइकलका सौखिन यात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन्। 

सूर्योदय नगरपालिकाको ७ करोड ५० लाख र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत नवप्रवद्र्धन साझेदारी कोषको १ करोड ५० लाख र वित्तीय हस्तान्तरणअन्तर्गत १ करोड रुपैयाँ लागतमा निर्माण हुने मार्गले सूर्योदयका पर्यटकीय क्षेत्र समेट्ने उपमेयर दुर्गा बरालले जानकारी दिए।  

कन्यामस्थित डुँडेगैरादेखि पूर्णेडाँडासम्म साइकल मार्ग निर्माण हुनेछ। परियोजनाअन्तर्गत साढे १३ किलोमिटर साइकिलिङ मार्ग निर्माण हुनेछ। त्यसैगरी मानेडाँडामा १ सय ५० मिटर लामो ग्लास ब्रिज निर्माणकार्य जारी छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.